काठमाडौँ । संसद् भवनको निर्माण गति सुस्त भएकोप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । बुधबार साँझ पाँचौंपटक निर्माणाधीन भवनको आकस्मिक निरीक्षणमा पुग्दा कोही कामदार नभेटिएको सचिवालयले जनाएको छ ।
यसअघि ३ सिफ्टमा काम गर्ने भनिए पनि डेढ वर्षसम्म एक सिफ्टमा मात्र कामदार परिचालन भएको पाइएको बताइएको छ । सम्बन्धित निकायले ८२ प्रतिशत काम सकिएको भनेपनि संरचना हेर्दा त्यो पुष्टि हुन नसकेको भन्दै सभामुखले चासो राखेको सचिवालयले जनाएको छ ।
भवनको निर्माणमा भइरहेको ढिलाइबारे छलफलका लागि सभामुखले उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका अधिकारीलाई बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे