काठमाडौँ । संसद् भवनको निर्माण गति सुस्त भएकोप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । बुधबार साँझ पाँचौंपटक निर्माणाधीन भवनको आकस्मिक निरीक्षणमा पुग्दा कोही कामदार नभेटिएको सचिवालयले जनाएको छ ।
यसअघि ३ सिफ्टमा काम गर्ने भनिए पनि डेढ वर्षसम्म एक सिफ्टमा मात्र कामदार परिचालन भएको पाइएको बताइएको छ । सम्बन्धित निकायले ८२ प्रतिशत काम सकिएको भनेपनि संरचना हेर्दा त्यो पुष्टि हुन नसकेको भन्दै सभामुखले चासो राखेको सचिवालयले जनाएको छ ।
भवनको निर्माणमा भइरहेको ढिलाइबारे छलफलका लागि सभामुखले उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका अधिकारीलाई बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने