चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ ।
नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ । हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको छ ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका-२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ । अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नवलपरासी पूर्वका सुरक्षा प्रमुखहरू खोजमा निस्किएका छन् । खोजीमा सेनाको डुङ्गा र निजी डुङ्गाहरू पनि प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण