निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भयो : गृहमन्त्री थापा

सुरेन कुँवर

बुधबार, १७ असोज २०७५, ११ : १६
निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भयो : गृहमन्त्री थापा

चितवन  : गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणमा अनावश्यक  राजनीतिकरण भएको बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङगबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताउनुभयो ।

पन्तको हत्या भएको भोलीपल्टै उच्च स्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाईएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानुनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भिर भएर अघि बढिरहेको जानकारी दिनुभयो ।

अहिले नै दोषी पत्ता नलागेको भएपनि अवश्य पक्राउ पर्ने उहाँको दाबी छ । छानबिन टोलीको बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारबाही प्रकृया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने बताउनुभयो ।

यस अघि निर्मला पन्त जस्ता धेरै नारीहरु बलात्कृत हुदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । तत्काल नै दोषीहरु पत्ता नलागेपनि केहिसमय भित्र पक्राउ पर्ने उहाँको दाबी गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस