बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको सोमबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
सोही वडामा पर्ने सुजनपुरका २५ वर्षीय विश्राम थारु हात्तीको आक्रमणबाट घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।
घाइते थारुको हात भाँचिएको छ। उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए।
बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते