काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीका लागि १० जनाको नाम टुङ्ग्याएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।
नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । यस्तै बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन ।
मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ । यसले गण्डकी र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने छैन । कांग्रेसको उच्च स्रोतका अनुसार १० जनाको नाममाथि सभापति शेरबहादुर देउवाले फाइन टच गर्ने बाँकी छ ।
गण्डकी र लुम्बिनीको प्रतिनिधित्व गराउन देउवाले अन्तिममा एक–दुई जनाको नाम हेरफेर गर्ने सक्ने पनि स्रोतले रातोपाटीलाई बतायो । आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । साना दल बाहेक कांग्रेस र एमालेबाट मन्त्री बन्नेको शपथ आजै हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो