काठमाडौँ । कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयबाट बिदाई हुने क्रममा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताएका हुन् ।
उनले लुम्बिनीमा विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरितका कामहरु हुन थालेको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताए । उनले युनेस्कोको मान्यता विपरितका कामहरु रोक्न आफूले सम्बन्धित निकायलाई सचेत गएको बताए । उनले त्यतिले मात्रै नपुग्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा प्रवेश हुन नदिन कुटनीतिक पहल गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने– ‘लुम्बिनी युनेस्कोको विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरित काम भए जसको कारणले लुम्बिनीलाई निकट भविष्यमै खतराको सूचीमा जाँदैछ भन्ने चेतावनीमुलक कुराहरु आएको छ । जसको बारेमा हामीले आफ्नो तर्फबाट, यदि लुम्बिनी विकास कोषबाट त्यस्तो कुनै युनेस्कोको मान्यता विपरित कुनै काम भएका छन्, निर्माणसँग सम्बन्धित कामहरु भएका छन् भने त्यस्ता कामलाई रोक्नुपर्छ । सुधार गर्नुपर्छ भनेर सचेतता गर्ने काम हाम्रो तर्फबाट भएको छ ।’
आफूले आफ्नो कार्याकालमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने निर्णय गरेको बताए । उनले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई निःशुल्क भोजन गराउने तयारी गरेको भन्दै प्रतिवेदन आएपछि सो काम अगाडी बढ्ने पनि जानकारी दिए ।
उनले नेपालको हवाइजहाजलाई युरोपको आकाशमा लागेको प्रतिवन्ध हटाउन सुधारका कामहरु शुरु भएको भन्दै निष्कर्षमा पुर्याउन भने निरन्तर प्रयत्न गर्न जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ: मन्त्री तामाङ