काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो ।यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ