काठमाडौँ । प्रहरीले भक्तपुरमा चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५का राजु तामाङ र भोजपुर घर भई हाल गोकर्णेश्वर ७ बस्ने शारदा तिरुवालाई पक्राउ गरेको हो ।
तामाङ र तिरुवाले भक्तपुरको ठिमी नगरपालिका २ मुनालमार्गस्थित द्धारिकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदीश नेपालको कोठाबाट विभिन्न गरगहना र नगद गरी रु ७ लाख, १३ हजार ३८० रुपैया बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।
असार २५ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरी थप अनुसन्धान तथा कार्बाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको अनसन्धान कार्यालयले जनाउको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ