काठमाडौँ । प्रहरीले भक्तपुरमा चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५का राजु तामाङ र भोजपुर घर भई हाल गोकर्णेश्वर ७ बस्ने शारदा तिरुवालाई पक्राउ गरेको हो ।
तामाङ र तिरुवाले भक्तपुरको ठिमी नगरपालिका २ मुनालमार्गस्थित द्धारिकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदीश नेपालको कोठाबाट विभिन्न गरगहना र नगद गरी रु ७ लाख, १३ हजार ३८० रुपैया बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।
असार २५ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरी थप अनुसन्धान तथा कार्बाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको अनसन्धान कार्यालयले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ