काठमाडौँ । बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूले सुझाव दिएका छन् । बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरेका हुन् ।
वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढी हुने भन्दै सतर्कता अपनाउन भेरी अस्पतालका फिजिसियन डा. संकेत कुमार रिसालले सुझाए । उनले पानीको शुद्धतामा विशेष ध्यान दिन आग्रह गरे ।
बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ ।
त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले सुझाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न