सोहन घिमिरेको गीत ‘तारा खसेछ’को म्युजिक भिडियो सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०७५, १३ : ३३
सोहन घिमिरेको गीत ‘तारा खसेछ’को म्युजिक भिडियो सार्वजनिक

स्कटल्याण्ड  ।  स्कटल्याण्डमा बस्दै आउनु भएका  गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित नायिका  वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई "तारा खसेछ, भनु कि नभनु हजुर माया बसेछ " भनेर मायाको प्रस्त्ताब गरेका छन् ।  "डान्सिङ्ग नम्बर "को उक्त गीत पार्टी, बिबाह, भोजहरुमा चर्चित हुन थालेको छ । गायक घिमिरेको  "तीनजुरे अल्बम"मा समावेश  उक्त गीतमा  गायक सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ ।   भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस