काठमाडौँ । चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार प्रदेश सरकारले चालुतर्फ ६२.३८ र पुँजीगततर्फ ६८.९३ प्रतिशत बजेट खर्च गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये असार २४ गते (चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन) सम्म २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार २०३ रुपैयाँ ४० पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको बजेट खर्च प्रतिशत सबैभन्दा बढी छ । सो मन्त्रालयले ७७.४० प्रतिशत बजेट खर्च गरेको छ । बजेट खर्च प्रतिशत सबैभन्दा कमजोर रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जम्मा १६.६९ प्रतिशतमात्र बजेट खर्च गरेको हो ।
प्रदेश सभा सचिवालयले ६६.३४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लोक सेवा आयोगले ६९.५३ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै अर्थ मन्त्रालयले ५०.०९ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ४७.१० प्रतिशत बजेट खर्च गरेको छ ।कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ६२.७४, गृह मन्त्रालयले ६२.१ं०, वन तथा वातावरण मन्त्रालयले ६२.७९ प्रतिशत बजेट खर्च गरेका छन् ।
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.०६, सामाजिक विकास मन्त्रालयले ५४.३९, स्वास्थ्य मन्त्रालयले ७३.४९ प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।यसैगरी प्रदेश योजना आयोगले ४१.९७ बजेट खर्च गरेको छ । स्थानीय तह वित्त हस्तान्तरणतर्फ भने ९३.९१ प्रतिशत खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असार २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ