काठमाडौ । मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न राजस्व अनुसन्धान विभागले देशभरमा गरी राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ विस्तृत अनुसन्धान अघि बढाएको छ ।
विभागले केन्द्रमा १० वटा टोली र बुटवल, पथलैया, इटहरी र कोहलपुर कार्यालयमा ४ वटा टोली गरी ती फाइलको विस्तृत अनुसन्धान गर्न १४ वटा टोली परिचालन गरेको छ ।
निर्देशकका रूपमा रहेका अनुसन्धान अधिकारीको नेतृत्वमा रहने सो टोलीलाई कम्तीमा सय वटा फाइलहरू अनुसन्धान गरी शीघ्र टुंग्याउने जिम्मेवारी दिइएको विभागले जनाएको छ।
विभागमा हालसम्म विभिन्न प्रकृतिका गरी ३ हजार २ सय उजुरीहरू रहेका छन् । ती उजुरीहरूमाथि छानबिन गरी विभागले १ हजार ४ सय उजुरीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ असार २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व