काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।
मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौँ । बैठकमा एजेण्डामा समसामयिक र विविध पनि छ ।’रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी