नेकपा सबै किसिमको विभेदको विरुद्ध रहेको छ : महासचिव पौडेल

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०७५, १९ : ४४
नेकपा सबै किसिमको विभेदको विरुद्ध रहेको छ : महासचिव पौडेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो पार्टी सबै किसिमको विभेदको विरुद्ध रहेको बताउनु भएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले तराई तथा पिछडिएका वर्ग र क्षेत्रका समस्यालाई समाधानका लागि पार्टी तत्पर रहेको बताउनुभयो । राष्ट्रिय जनता दल र नेपाल पिछडावर्ग महासंघको नेकपामा पार्टी प्रवेशको कार्यक्रममा नेता पौडेलले पार्टी प्रवेश गरेकाहरुलाई स्वगत गर्दै पार्टी प्रवेश गरेर गल्ती भयो भन्ने अवस्था नआउनेमा आश्वस्त पार्नुभयो । कार्यक्रममा नेपाल पिछडा वर्ग महासंघका अध्यक्ष भरतप्रसाद महतोले पुरानो पार्टी विगठन गर्दै नेकपा प्रवेश गरेको घोषणा गर्नु भएको थियो । कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेताहरु सत्यनारायण मण्डल, रघुजी पन्त लगायतले नवप्रवेशीहरु स्वागत गर्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस