पार्टीभित्रको विचलन र अन्तरविरोधलाई वैचारिक छलफलबाट समाधान गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०७५, १९ : ०७
पार्टीभित्रको विचलन र अन्तरविरोधलाई वैचारिक छलफलबाट समाधान गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विचलन र अन्तरविरोधलाई वैचारिक छलफलबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । ६९औँ चिनिया अक्टोवर क्रान्तिको आवसरमा सोमबार काठमाडौमा लेफ्ट रिभ्यु अनलाईन र गोबल टाईम चाईनाले अयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै प्रवत्ता श्रेष्ठले राजनीति उपलव्धी हुदाँ हँुदै पनि पार्टीभित्र गम्भीर अन्तरविरोध र बिचलन अहिलेको चूनौति रहेको बताउनु भएको हो । प्रवत्ता श्रेष्ठले पार्टी भित्रको देखिएको वैचारिक स्खलनलाई बहस र छलफलबाटै समाधान गर्नु पर्ने बताउनु भयो । पार्टीभित्रको अन्तरविरोध र बिचलन सतहमा आउँदा राजनीति उपलब्धी अनुसार गर्नुपर्ने काम पनि हुन नसक्ने बताउँदै श्रेष्ठले विभिन्न संघर्षबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न पनि एक भएर अघि बढ्नु पर्ने बताउनु भयो । 

नेपाल र चिनको सम्बन्ध असाधारण रहेको बताउँदै नेपालमा समाजिक न्याय सहितको समृद्ध विकासमा निरन्तर सहयोग रहेको बताउनु भयो । 
नेता श्रेष्ठले पार्टीभित्र देखिएको भ्रष्टाचारलाई पनि अन्त्य गर्नुपर्ने भन्दै गुट र उपगुट तथा आफुलाई सहयोग गरेकै कारण भ्रष्टाचारलाई छुट दिन नहुने  बताउनु भयो । पार्टीभित्र भ्रष्टचार बिरोधी आन्दोलन सास्कृतिक रुपान्तरणको आन्दोलनको जरुरी रहेको बताउँदै श्रेष्ठले नेकपालाई जनताले विश्वास गरेर सरकारमा बहुमत दिएकाले  अश्वासन र नारा दिएर नभई ठोस काम गरेर देखाउनु पर्ने बताउनु भयो । प्रवत्ता क्षेष्ठ समाजवादी क्रान्ति स्थापनका लागि वैचारिका अध्ययन गरि परिवर्तित समय अनुकुल अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले चिन र नेपालको सम्बन्ध अन्योन्यश्रित रहेको बन्दै यसलाई निरन्तर राख्नु पार्नेमा जोड दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस