काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार जाँदैछन्।
पछिल्लो राजनीतिक घटनाक्रम, परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री भेट्न जान लागेको रास्वपाका उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद)ले जानकारी दिए।
नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। बुधबार नै एमालेका आठ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।
रास्वपाले पनि आजै राजीनामा दिने तयारी गरेको छ। तर प्रधानमन्त्रीसँग छलफल गरेरमात्रै राजीनामाको निष्कर्षमा पुग्ने रास्वपाले बताएको हो।
एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति