काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।
रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।
पत्रमा भनिएको छ–'महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको छ ।'
निलम्बनमा परेपछि महामन्त्री ढकालले भनेका छन्– 'जनताको आवाज बोल्दा पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो भन्ने बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।'
यसअघि बुधबार बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले आफूमाथि ह्यारेसमेन्ट भएको आरोप लगाएका थिए । उनले भनेका थिए– ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह, संघीय मामिला र भूमि मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
हस्ताक्षर अभियानमा हस्तक्षेप भयो: रास्वपा
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ