काठमाडौँ । राष्ट्रिय सभामा ४ विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।
बुधबारको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे ।
सचिव अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराए ।
राष्ट्रिय सभाकाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ असार २०८१, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची