काठमाडौँ । नेपालबाट ११ महिनाको अवधिमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको अलैँची (ठुलो) निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू वर्ष २०८०–८१ को साउनदेखि जेठसम्म ७ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको अलैँची निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ४७ लाख २० हजार किलोग्राम अलैँची निर्यात भएको तथ्याङ्क छ । नेपालबाट निर्यात भएको अलैँची सबैभन्दा धेरै भारत जाने गरेको छ । भारतमा ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।
यसबाहेक पाकिस्तानमा ११ लाख रुपैयाँको निर्यात हुँदा जापानमा २७ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको तथ्याङ्क छ । यस्तै यस अवधिमा विदेशबाट साढे २ लाख रुपैयाँ बराबरको ठुलो अलैँची आयात भएको छ । यस्तै यस अवधिमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सानो अलैँची (सुकुमेल) आयात भएको तथ्याङ्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो
मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै भोजपुरका किसान