प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र खतरामा परेको कांग्रेस नेता केसीको दावी

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १९ : २९
प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र खतरामा परेको कांग्रेस नेता केसीको दावी

म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताउनुभएको छ । 
नेपाल प्रेस युनियन म्याग्दीको सातौं साधारणसभा तथा पाँचौ अधिवेशनको आईतबार म्यादी सदरमुकाम बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताउनुभएका हो । उहाँले वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने काम गरेको भन्दै प्रेसलाई स्वतन्त्र बनाउन दबाब दिने बताउनुभयो । न्यायालयमाथि हस्तक्षेप र प्रेसमाथिको अंकुश लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको उहाँको दावी छ । 
नेता केसीले पत्रकारीतालाई भोजन मण्डली बनाउन सरकारले प्रेसमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले नेपालमा पत्रकारहरु पत्रकारको भुमिकामा मात्रै नभएर लोकतान्त्रिक आन्दोलनको पहरेदार समेत रहेको स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रेस युनियन म्याग्दीले स्थापना गरेको प्रेस युनियन पत्रकारीता पुरस्कार–२०७५ बाट पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस