चितवन । दिगो ग्रुपले चितवनमा नयाँ दिगो ई–स्टप सञ्चालन गरेको छ । विद्युतीय सवारीको प्रयोग बढेसँगै दिगो ग्रुपले चितवनको कुरिनटारमा नयाँ दिगो ई–स्टप सञ्चालन गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेको चार्जिङ स्टेसन नेपालका राजमार्गमा उपलब्धमध्ये सबैभन्दा ठूलो चार्जिङ स्टेसन रहेको दिगो ग्रुपको दाबी छ ।
दिगो ई–स्टपले लामो दूरीको सडक यात्रामा क्रान्ति ल्याउने प्रतिबद्धता गरेको छ । नेपालभरका राजमार्गमा यस किसिमको सुविधायुक्त चार्जिङ स्टेसन स्थापना गर्दै जाने योजना रहेको अध्यक्ष राजन रायमाझीले जानकारी दिए।
‘सबै रुटमा चार्जिङ स्टेसन बढेका छन् । यसका लागि हामीले उद्योगकै रूपमा खपत बढाउँदै छौं,’ घिसिङले भने, ‘ती ठाउँमा भरपर्दो र गुणस्तरीय सेवा दिन सक्यौं भने त्यो बढी प्रभावकारी हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, १२ : २०
लेखकबाट थप