काठमाडौँ। गोरखा र धादिङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितको माग र आवश्यक सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरूले बुढीगण्डकी निर्माणको सुनिश्चिता र प्रभावितको माग सम्बोधन हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा काँग्रेस सांसद राजेन्द्र बजगाई,कमल पन्त,रामनाथ अधिकारी, राप्रपाका बुद्धिमान तामाङ, बिना तामाङसहित सहभागी थिए ।
जलाशययुक्त आयोजनाको डुबान प्रभावितहरूको पुनर्वास, सड र सन्चारलगायत संरचना निर्माणमा राज्यको उदासीनताबारे ध्यानाकर्षण गराइएको काँग्रेस सांसद बजगाईँले बताए ।
प्रधानमन्त्री पनि गोरखा जिल्लाबाटै निर्वाचित जनप्रतिनिधि भएकाले यो समस्याको यथोचित सम्बोधन हुने विश्वास गरिएको उनले बताए ।
१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको मुअब्जालगायतका विवाद समेत अझै बाँकी रहँदा यो आयोजना नै अन्यौलता छ । अहिलेसम्म प्रभावितलाई ४३ अर्ब मुआब्जा बाँडी सकिएको छ । तर स्थानीयका माग भने सबै सम्बोधन नभएपछि सांसदहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
गोरखा र धादिङको सीमा क्षेत्रमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका कारण धादिङका १३ र गोरखाका १४ गरी साविक २७ गाविसका बासिन्दा प्रभावित हुनेछन् ।
आयोजनाले ३ हजार ५ सय ६० परिवार पूर्णरूपमा विस्थापित हुनेछन् । बुढी गण्डकीको बाँधको उचाइ २६३ मिटर हुनेछ । गोरखाको गण्डकी गाउँपालिकादेखि आरुघाट गाउँपालिकासम्म डुबानमा पर्ने २ हजार ५ सय ६६ हेक्टर खेतीयोग्य जमिनमा ६३ वर्ग किलोमिटर फराकिलो जलाशय बन्नेछ ।
आयोजनाका कारण विस्थापित हुनेलाई पुनर्वासका लागि गोरखा र धादिङका विभिन्न क्षेत्रमा जग्गा रोक्का पनि भएको छ । तर पुनर्वास तथा पुनः स्थापनाको प्रक्रिया भने अघि बढ्न नसकेको सांसद बजगाईँले बताए । मुआब्जा वितरणलगायतको काम सम्पन्न गरेर आयोजना निर्माणको चरणमा लैजानुपर्ने प्रभावित क्षेत्रका बासिन्दाको माग छ ।
ऐलानी र गुठी जग्गाका बासिन्दाले अझै मुआब्जा नपाएकोमा पनि सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ
प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीको कुर्सीमा टास्सिरहने केपी ओलीको हठ जनतालाई स्वीकार छैन
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
थाईको प्रधानमन्त्रीमा चार्नविराकुल निर्वाचित