काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका मुख्य सचेतक, सचेतक, संसदका महासचिव तथा सचिवालयका सचिवलगायतसँग छलफल गर्दै छन् ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । बैठकमा संसद सचिवालयका कर्मचारीको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ ।
तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीहरु दोस्रो चरणका आन्दोलनमा छन् । उनीहरुले आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका दिएका थिए ।
उनीहरुले यही असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन चेतावनी समेत दिएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु