काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका मुख्य सचेतक, सचेतक, संसदका महासचिव तथा सचिवालयका सचिवलगायतसँग छलफल गर्दै छन् ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । बैठकमा संसद सचिवालयका कर्मचारीको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ ।
तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीहरु दोस्रो चरणका आन्दोलनमा छन् । उनीहरुले आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका दिएका थिए ।
उनीहरुले यही असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन चेतावनी समेत दिएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजतन्त्र पुनःस्थापनाको मागसहित सुरु आन्दोलनको पहिलो चरण सकिएको घोषणा
राजवादीले आज सिफल चौरमा आन्दोलन गर्ने
राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
राजावादीको आन्दोलनमा झडप
१३ दिनदेखि स्थानीय तहका कर्मचारी आन्दोलित
राजसंस्थावादी आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन: आइडियुबाट राप्रपालाई ऐक्यबद्धता