रेखा थापा अभिनित चलचित्र ‘मालिका’ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, २० : ०४
रेखा थापा अभिनित  चलचित्र ‘मालिका’ को  ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन अभिनय रहेको चलचित्र ‘मालिका’ले अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।  ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वलीको दृश्यले भरिएका छन् । बालबिबाहको कथा बिषय बनाएको चलचित्रको ट्रेलरले दर्शक लोभ्याउन सक्छ ।

कमर्सियल रुपमा निर्माण गरिएको ट्रेलरमा नारीलाई स्ट्रोङ रुपमा देखाउन खोजिएको छ । चलचित्रले नारी सशक्तिकरणको आवाज उठाएको कार्यक्रममा रेखाले बताइन् । 
रामशरण उप्रेतीको छायाँकन रहेको यस चलचित्रको रिलिज मिति १६ कात्तिक तोकिएको छ । शिवम् अधिकारीको पटकथा रहेको चलचित्रमा रेखा र नरकार्कीको कथा तथा कन्सेप्ट छ ।  नर कार्की चलचित्रका कार्यकारी निर्माता हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छन् 
 
पछिल्लो समय एक्सन अभिनेत्रीको छवि बनाएकी रेखाले अचेल समाजमा जरा गाडेर बसेका विकृति र विसंगतिलाई आफ्नो चलचित्र मार्फत उजागर गर्दै आएकी छन् । 


 

 

 

प्रतिक्रिया दिनुहोस