पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न हुने विश्वास

शुक्रबार, १२ असोज २०७५, १७ : १८
पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न हुने विश्वास

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धीमन्त्री धर्मेन्द्र प्रधानसँगको भेटमा नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न गर्न उहाँको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

गृह मन्त्रालयमा आज भएको भेटमा गृहमन्त्री थापाले आगामी दिनमा समेत भारतीय सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो । 

भारतीयमन्त्री प्रधानले दुई देशको सहकार्यमा निर्माण भइरहेको पेट्रोलियम पदार्थसम्बन्धी परियोजना दुवै देशका लागि फाइदाजनक रहेको टिप्पणी गर्नुभयो । भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी हुनुहन्थ्यो । 

प्रतिक्रिया दिनुहोस