आधुनिक खेल मैदानलाई सांसद सुवेदीको ५० लाख

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, १४ : ४८
आधुनिक खेल मैदानलाई सांसद सुवेदीको ५० लाख

चितवन । भरतपुर महनगरपालिका वडा नम्बर ७ मा आधुनिक खेल मैदान बन्ने भएको छ । सो खेल मैदानका लागि प्रदेश सांसद विजय सुवेदीले ५० लाख रुपैया दिने घोषणा गर्नु भएको छ । 

शुक्रवार वडा नम्बर ७ को खेल मैदानलाई निरीक्षण गर्दै सांसद सुवेदीले आफ्नो नाममा आएको बिकास रकम मध्यबाट सो रकम दिने बताउनु भएको हो । एक प्रदेश सांसदका लागि तिन करोड रुपैया आएको छ त्यसैमध्यबाट यहाँ बन्न लागेको व्यवस्थित खेल मैदानलाई सहयोग गरेको सांसद सुवेदीले बताउनु भयो । सांसद सुवेदीले राज्यलाई जनताले गाँस काटेर दिएको पैसाको सदुपयोग हुनुपर्ने भन्दै खेल मैदान बनाउदा सबै कुरामा बिचार गर्दै कम्तीमा पनि ५० वर्षका लागि सोचेर बनाउन आग्रह गर्नु भएको छ । 
बाईस कठ्ठा क्षेत्रफलमा बन्न लागेको खेल मैदानमा अहिले पानी काट्ने काम भएको छ भने दशै लगतै काम सुरु गरिने वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले बताउनु भयो । पानी काट्ने काम भएसँगै अहिले नै तीन वटा जिल्ला स्तरका खेलहरु हुने तयारी भएको भन्दै यस मैदानलाई आधुनिक, सुविधा सम्पन्न र छिटै निर्माण सक्ने गरी वडा लागेको अध्यक्ष काफ्लले बताउनु भयो । 
खेल मैदानको वरीपरी हरियाली पार्क निर्माण गरिने छ । खेल मैदान निर्माण सम्पन्न भएपछी वर्षभरी नै खेलका प्रतियोगिताको आयोजन गर्न सजिलो हुने स्थानियले बताएका  छन् ।   

प्रतिक्रिया दिनुहोस