तापक्रम अत्यधिक बढेपछि चितवनका विद्यालय बन्द

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, १९ : १३
तापक्रम अत्यधिक बढेपछि चितवनका विद्यालय बन्द

चितवन । अत्यधिक गर्मीका कारण घरबाट निस्किने अवस्था नभएपछि चितवनको भरतपुर महानगर क्षेत्रका विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिकाले आज सूचना निकालेर मंगलबारदेखि लागू हुने गरी ४ दिन विद्यालय बन्द गरेको हो ।

चितवनमा आज ४४ डिग्री तापक्रम मापन गरिएको छ । अत्यधिक गर्मीले बालबालिकालाई विद्यालय जानसमेत समस्या भएको जनगुनासो आएकोले जेठ २९ देखि ३२ गतेसम्म पठनपाठन बन्द गरिएको भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले सूचना जारी गर्दै गर्मी बिदा ४ दिन दिएको जनाएका छन् । चितवनमा पछिल्लो पटक अघिल्लो साता मंगलबार पानी परेको थियो । त्यसपछि यहाँ गर्मी अझ बढेको छ । गर्मीको समयमा आफ्ना बालबालिकालाई बाहिर घाममा ननिकाल्न पनि महानगरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस