जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गरेका हुन् । जनकपुरधामको तिरहुतिया गाछीमा जसपा नेपालले सुरु भएको महाधिवेशनमा ठूलो संख्यामा नेता कार्यकर्ता उतारेका छन् ।
करिब १३ सय महाधिवेशन प्रतिनिधि सहभागी रहेको र तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिने जसपा नेपालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य