दुई अध्यक्ष देश बाहिर हुँदा माधव नेपालको चियापान

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, ११ : ०७
दुई अध्यक्ष देश बाहिर हुँदा माधव नेपालको चियापान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्यहरुका लागि बिहिबार दिउँसो चियापान कार्यक्रम आयोजना गरेका छन् । 

असोज ५ गते बसेको सचिवालय बैठकले गरेका निर्णयमा असन्तुष्ट बनेका नेपालले दुई अध्यक्ष देश बाहिर भएको समय स्थायी कमिटी सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

नेपाल निकष्ट एक नेताका अनुसार शुक्रवार विहान स्थायी कमिटीका सवै सदस्यलाई चियापान कार्यक्रमको सूचना पठाई सकिएको छ ।
उनले भने ‘असोज ५ गते सचिवालयको निर्णय स्थायी कमिटीले गर्नु पर्ने हो तर दुई अध्यक्ष भयो भन्दैमा स्थायी कमिटीलाई आउट गर्नु त भएन । मुख्य त आज त्यो विषयमा छलफल हुन्छ । पार्टीको तेस्रो वरियताको नेता पनि हुनुभयो माधव कमरेड । उहाँले तिनै विषयमा छलफल गरौँ भनेर चियापान कार्यक्रमको आयोजना गर्नु भएको हो ।’  ति नेताका अनुसार अध्यक्षद्वयको निर्णय शैलीले पार्टीलाई साँघुरो बनाएको भन्दै सर्वत्र विरोध भैरहेको छ । 

असोज ५ गते सचिवालयको बैठक बसेको बेला नेता नेपाल दक्षिण अफ्रिकामा थिए । त्यस्तै अर्का सदस्य नारायणकाजी श्रेष्ठ पनि चीनमा थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् भने अर्का अध्यक्ष सिंगापुरमा छन् । 

प्रतिक्रिया दिनुहोस