नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमा एनडीएले बहुमत पाएपछि नयाँ सरकार गठनका लागि तयारी तीव्र भएको छ । सरकार गठनका लागि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एडीए)ले दिल्लीमा लगातार बैठक बसिरहेको छ ।
एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एनडीएको संसदीय दलका नेता चयन गरेको छ । शुक्रबार पुरानो संसद् भवनमा एनडीए संसदीय दलको बैठकमा राजनाथ सिंहले यसको प्रस्ताव राखेका थिए । प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
त्यतिबेला टीडीपी प्रमुख चन्द्रबाबु नायडु र बिहारका मुख्यमन्त्री नीतिशकुमार पनि उपस्थित थिए । बैठकमा नायडुले ‘नरेन्द्र मोदीले देशका लागि काम गरुन्, उनलाई हाम्रो पूरा समर्थन छ’ भनेका थिए ।
नीतिशकुमारले पनि सबै दिन प्रधानमन्त्रीको साथमा रहने बताएका थिए । मोदीले जुन ९ मा प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ । भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रोपटक बहुमत हासिल गरेको छ । उता कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठक पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?