सेभ द माईण्ड नेपाल संस्थाद्धारा बलात्कार र हत्याहिंसा विरोधमा भरतपुरमा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, १९ : ३४
सेभ द माईण्ड नेपाल संस्थाद्धारा बलात्कार र हत्याहिंसा विरोधमा भरतपुरमा प्रदर्शन

चितवन । देशमा बढ्दै गएका बलात्कार र हत्याहिंसाका घटनाहरुलाई मध्यनजर गर्दै सेभ द माइन्ड चितवनले बिहीबार जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाएको छ । 
संस्थाले भरतपुरको चौबीसकोठीमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर संकलनपछि अधिकारकर्मी र छात्राहरुसहितको ¥याली जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थियो । ¥यालीपछि हस्ताक्षर बुझाउँदै संस्थाकी अध्यक्ष पूजा भुषालले नेपाली नारीहरु समाजमा खुलेआम हिँड्न सक्ने वातावरण तयार नभएको बताउनु भयो । 
हस्ताक्षर बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा कुनै अपराध हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो । जिल्लामा हुने अपराधी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस