'नेपाल आइडल'को गाला राउण्डमा १२ प्रतियोगि, यसरी चयन गरिनेछ नेपाल आइडल

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, १८ : ४७
'नेपाल आइडल'को गाला राउण्डमा १२  प्रतियोगि, यसरी चयन गरिनेछ नेपाल आइडल

काठमाडौं  । नेपाली संगीत प्रेमीबीच लोकप्रिय रियालिटी सो नेपाल आइडलको आजदेखि गाला राउण्ड सुरु भएको छ ।  जसका लागि देशभरबाट १२ प्रतियोगि चयन भएका छन् । 

गाला राउण्डका लागि झापाका सुमित पाठक, सुर्खेतका सुविन सिंह, कञ्चनपुरका रवि वड, काठमाडौंकी रमिता शर्मा, दोलखाका पवन गिरी, पोखराकी निलिमा थापा मगर, चितवनका मिनराज पौडेल, धादिङका कृषल कडेल, धरानकी नेहा मल्ल बराइली, पोखराका विक्रम बराल, झापाकी अस्मिता अधिकारी र बुटवलका अमित बराल चयन भएका हुन् । 

यी प्रतियोगिबीच नेपाल आइडलको सिजन–२  मा कडा प्रतिस्पर्धा हुने सहजै आँकलन गर्न सकिन्छ । आयोजकका अनुसार गाला राउण्डबाट दर्शकको भोटिङको आधारमा प्रतियोगीको आगामी यात्रा तय हुनेछ ।

हरेक बिहिबार र शुक्रबार एपीवान  टेलिभिजन र मोबाइल एप्स रेस्पेक्ट एण्ड राइजबाट एक साथ प्रशारण  हुने नेपाल आइडलमा बिहिबार राती साढे ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म दर्शकले भोटिङ गर्न सक्नेछन् । भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी हरेक साताको अन्तिम अर्थात शुक्रबारको इपिसोडबाट एलुमिएसनमा पर्नेछन् । 
यसरी हरेक साताको एपिसोडबाट एक–एक जना एलुमिएसन हुँदै अन्तिम तीन जनाको बीच ग्राण्ड फिनाले भई नेपाल आइडलको चयन हुनेछ । 

भोटिङबारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्,
नेपाल आइडललाई भोटिङ गर्न अब ‘रेस्पेक्ट एण्ड राइज’ एप

प्रतिक्रिया दिनुहोस