'दि भ्वाइस अफ नेपाल' को ब्याटल राउण्डमा ४८ प्रतिस्पर्धी

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, १८ : २३
'दि भ्वाइस अफ नेपाल' को ब्याटल राउण्डमा ४८ प्रतिस्पर्धी

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्लाइण्ड अडिसन राउण्ड समाप्त भएको छ ।

ब्लाइण्ड अडिसन राउण्डमा नेपालभरका विभिन्न स्थानबाट आएका प्रतिभाहरुले आफ्नो प्रस्तुतीका साथ निर्णायकहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेललाई आकर्षित गर्ने प्रयास गरेका थिए । सयौं प्रतियोगीहरुमध्येबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल को दोस्रो चरणमा छानिएका प्रतियोगीहरु मात्र जान सफल भएका छन् । 

चार निर्णायकहरुले आफ्नो टिममा भित्र्याउन प्रतियोगीहरुलाई निकै प्रयास गरेका थिए तर त्यसमा मुख्य आधार भने उनीहरुको गायन कला र प्रतिभा नै थियो । चारै निर्णायकहरुले आफ्नो टिममा १२ जना प्रतियोगी छनौट गर्न सफल भएका छन् ।

पहिलो चरणको ब्लाइण्ड अडिसन राउण्डको समाप्तिसँगै अब ब्लाटल राउण्ड शुरु हुनेछ । सो ब्याटल राउण्डमा प्रतियोगीहरुले एक आपसमा आमनेसामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसलाई चारै  निर्णायक तथा कोचहरुले प्रतिस्पर्धीलाई तयार पार्नेछन् ।

ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चक हुने अपेक्षा गरिएको छ जहाँ प्रतिस्पर्धिहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन् । चार निर्णायक तथा कोचहरुका लागि ब्याटल राउण्ड निकै कठिन हुने देखिएको छ जसमा आफ्नो टिमले उत्कृष्ट गरोस भन्ने चाहना हुनेछ ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ । टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस