काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् ।
यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो ।
जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।
यद्यपि मोदी अर्को कार्यकाल पनि प्रधानमन्त्री नै बन्ने समाचारमा जनाइएको छ । उनले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ । त्यसका लागि सबै एनडीए सांसदहरूबाट हस्ताक्षरहरू प्राप्त गरिएको छ।
जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदको सेन्ट्रल हलमा एनडीएका सबै सांसदहरूको बैठक हुने बताए।लोकसभा चुनावमा बीजेपीले २४० सिट जितेको छ । यो बहुमत सङ्ख्या (२७२) भन्दा ३२ सिट कम हो। तर, एनडीएले २९२ सिटका साथ बहुमत हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?