काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको बारेमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयहरूका सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी
आज ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै