काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्।
राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।
उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।
नेपालले टी-२० विश्वकप अन्तर्गत आज राति ९: १५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो: राष्ट्रपति पौडेल