काठमाडौ । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ ।
नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।
“पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ”, राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै