काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।
आज शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख छ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची