काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो ।
शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । राष्ट्रिय मुद्दाहरुमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’
राष्ट्रिय राजनीतिमा देखिएका चुनौती, सदनलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने, सहकारी प्रकरणलगायतका विषयमा पनि शीर्ष तहमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए । भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्’-: प्रचण्ड
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
जेनरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : प्रचण्ड
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो: प्रचण्ड
विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो : प्रचण्ड