काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र पूर्णरुपमा लयमा आईनसकेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सो कुरा बताएका हुन् । ‘अर्थतन्त्र पूर्णरुपमा लयमा आईसकेको छैन् । सरकारले लयमा ल्याउन प्रयास गरिरहेको छ ’ उनले भने ।
मन्त्री पुनले गत वर्षको तुलनामा आर्थिक वृद्धिदरमा उल्लेख्य प्रगती भएको पनि जिकिर गरे । उनले भने, “बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचन थियो । समग्रमा राष्ट्रिय अर्थतन्त्रमै सङ्कुचन देखिएको अवस्थामा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धिदर थियो, त्यसको तुलनामा यो राम्रो हो ।”
समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनको दाबी छ । निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता