काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र पूर्णरुपमा लयमा आईनसकेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सो कुरा बताएका हुन् । ‘अर्थतन्त्र पूर्णरुपमा लयमा आईसकेको छैन् । सरकारले लयमा ल्याउन प्रयास गरिरहेको छ ’ उनले भने ।
मन्त्री पुनले गत वर्षको तुलनामा आर्थिक वृद्धिदरमा उल्लेख्य प्रगती भएको पनि जिकिर गरे । उनले भने, “बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचन थियो । समग्रमा राष्ट्रिय अर्थतन्त्रमै सङ्कुचन देखिएको अवस्थामा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धिदर थियो, त्यसको तुलनामा यो राम्रो हो ।”
समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनको दाबी छ । निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ: अर्थमन्त्री वाग्ले
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ