काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी राई र त्यसमा आवद्ध हालका गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने बताए ।
‘सूर्यदर्शन लगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ,’ उनले भने, ‘त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानुनी हो । यो गैरकानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’
समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरू ढुक्क रहेको पनि जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा