काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी राई र त्यसमा आवद्ध हालका गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने बताए ।
‘सूर्यदर्शन लगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ,’ उनले भने, ‘त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानुनी हो । यो गैरकानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’
समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरू ढुक्क रहेको पनि जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी