एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की एक महत्वपूर्ण सुरक्षा बैठकमा भाग लिन सिंगापुर जाने भएका छन् । जेलेन्स्कीले रुसको सैन्य अभियान विरुद्ध युक्रेनको सुरक्षाका लागि समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
बैठकमा जेलेन्स्कीको भाषण आइतबार हुनेछ । यसअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित रहेको बताए ।
अस्टिनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न चाहेको दाबी गर्ने चीनको आरोपलाई अस्वीकार गरेका थिए ।
योसँगै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको दबाब बढ्दै गएको छ । यो सहर रुसबाट २४ किलोमिटर मात्र टाढा छ । अमेरिकाले युक्रेनलाई खार्किभ क्षेत्र नजिकैको रुसी सीमा भित्र आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएको छ ।
जालेस्कीका अनुसार अमेरिकाको यो निर्णयले युक्रेनलाई खार्किभ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्न मद्दत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० जेठ २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता