काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सन्तालने आफ्नो आम्दानीको १० प्रतिशत आमाबुवाको लागि खर्च गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिएकी छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिइन्।
‘विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरिसकेको छ,’ उनले भनिन्, ‘अब संसद्बाट यो ऐन जारी हुन्छ।’
सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमालाई दिनैपर्ने व्यवस्था गर्न लागिएको उनले बताइन्।
उनले भनिन्, ‘संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुने छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्था दर्ता र नियमनमा नयाँ कानुन प्रस्ताव
कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
कानुन बनाउँदा स्थानीय तहले एकलौटी गर्न नमिल्ने फैसला