काठमाडौ । सङ्घसंस्थाको दर्ता, नियमन र व्यवस्थापनको छाता कानुन तर्जुमा गर्न सरकारले एकीकृत विधेयकको मसौदा तयार पारेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन गरिरहेको समाज कल्याण परिषद् खारेजसमेत गर्ने गरी सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी प्रचलित तीन कानुनको एकीकरण र संशोधनको प्रस्ताव तयार पारेको हो ।
गृह मन्त्रालयले तयार पारेको विधेयकको मसौदा विधायन ऐनको व्यवस्था अनुसार सरोकारवाला तथा सर्वसाधारणको सुझावका लागि सार्वजनिक गरिएको छ । विधेयक संसद्बाट पारित र प्रमाणीकरणपछि राष्ट्रिय निर्देशन ऐन, संस्था दर्ता ऐन र समाज कल्याण परिषद् ऐन खारेज गर्ने छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०५ भदौ २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
कानुन बनाउँदा स्थानीय तहले एकलौटी गर्न नमिल्ने फैसला