काठमाडौ । प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. नेत्र बहादुर कार्कीलाई सरकारले कारबाहीको तयारी गरेको छ ।
स्याङ्गजाको विरूवा गाउँपालिका वडा नम्बर १ स्थायी बतन भएका उनी गत चैत १४ गतेदेखि सम्पर्कबिहीन भएको गृह मन्त्रालयले जनाएको छ ।
एपीएफ अस्पताल, बलम्बु काठमाडौं दरबन्दी कार्की बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेर जिम्मेवारी एवं आचरण विपरितको कार्य गरेको देखिएको हुँदा उनलाई सशस्त्र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी भएको हो ।
यदि विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद ७ दिनभित्र सफाई पेश गर्न मन्त्रालयले निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन