कक्षा १० पछि तालिम अनिवार्य

पत्रपत्रिकाबाट

आइतबार, २० जेठ २०८१, ०७ : ४९
कक्षा १० पछि तालिम अनिवार्य

काठमाडौ । सरकारले कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई दुईमहिने जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको १६ औँ योजना अनुसार लक्ष्य प्राप्तिका लागि शिक्षामा लगानी बढाउँदै लैजाने उल्लेख गरेको छ ।

विद्यालय शिक्षालाई सिपमूलक बनाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यस कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई दुईमहिना (आठ हप्ता) अवधिको तालिम दिइने छ । जस अन्तर्गत प्रतिकारात्मक स्वास्थ्य, सन्तुलित भोजन, पाककला, प्राथमिक उपचार, सवारी अनुमति तथा सवारी नियम, आत्मसुरक्षा तथा अनुशासन, कार्यक्षेत्र सुरक्षा, यौन दुव्र्यवहार, राष्ट्रप्रेम, स्वयंसेवा र योग, ध्यान तथा कलालगायतका व्यावहारिक विषय समावेश गरिने छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस