काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोश्रो तलामा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलंकी बस्ने ५० वर्षीय यमन बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित चौतारामा सोही ठाउँ गायत्री टोल बस्ने ३७ वर्षीया गंगा बिक शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
झापा, मेचिनगर नगरपालिका-४ आमडागी टोलस्थित मंगोलम टि-स्टेट प्राइभेट लिमिटेडमा सेक्युरेटी गार्डको रूपमा काम गर्ने बुद्धशान्ती गाउँपालिका-३ घर भएका ५६ वर्षीय कृष्ण बहादुर प्रधान उक्त चिया फ्याक्ट्रीभित्र आफू सुत्ने क्वार्टरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३८ वर्षीय सुनिल पटेल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।म्याग्दी, रघुगंगा गाउँपालिका-७ चिमडाडा बस्ने ४३ वर्षीया बिष्णु छन्त्याल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, सुनकोशी गाउँपालिका-६ रातोडाँडामा सोही गाउँपालिका-७ मतनबास बस्ने ७८ वर्षीय शंकर सिं गोले शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, कोटहीमाई गाउँपालिका-१ पतजियास्थित कच्ची बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ रानिनगर टोलस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ ननखोरियास्थित सुख्खा कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२० जनक चोकस्थित सडक पेटी छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु