भरतपुर । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु भएको भएको छ । एक्सपोको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो । एक्सपो ३ दिनसम्म चल्ने छ । कार्यक्रमलाई सम्बोधन गदै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएको प्रष्ट पारिन् ।
भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नु उद्देश्य यहाँको आर्थिक गतिविधि चलयामान बनाउनु रहेको प्रमुख दाहालको भनाई छ । अर्थतन्त्रको मेरुदण्ड कृषि र कृषिमा पनि पोल्ट्री भएकाले यसको थप व्यवसायीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने प्रमुख दाहालले बताइन् ।भरतपुर महानगरले पोल्ट्री क्षेत्रको विकासको लागि स्थानीय सरकारको हैसियतले सधै सकारात्मक रहेको उनले उल्लेख गरिन् ।
कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरी भरतपुरमै एक्सपो गरिएको बताए। एक्सपोमा विषेश गरी कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने जानकारी दिए ।एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहने र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरू सहभागिता रहेको छ । विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न न सक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउन पाठशाला सञ्चालन गरिएको उनले बताए ।
एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिइनेछ। एक्सपोमा कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने छ । एक्सपोको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकलन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १५ : ३३
लेखकबाट थप