काठमाडौँ । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो ।
बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो ।
तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल टी-२० खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान
वेस्ट इन्डिज पुगेर सन्दीपले भने- आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु
सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने
'सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई दिएन अमेरिकाले भिसा'
मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुसी छु : सन्दीप लामिछाने
सन्दीप लामिछानेलाई अमेरिकी दूतावासद्वारा भिसा दिन अस्वीकार