काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । २०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले बताए ।
लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठवटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको छ ।अर्को चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण गर्ने अभियान सञ्चालन हुने बताए । यो अभियान असार मसान्तसम्म चल्ने बताइएको छ ।
‘यो अवधिमा पाँच लाख सदस्यता वितरण गरिसक्नुपर्छ । डेढ महिने अभियान सम्पन्न भएपछि अधिवेशन सुरु हुन्छ’ महासचिव मिश्रले भने ।२०८२ को वैशाखमा महाधिवेशन गर्ने गरी सङ्गठनको काम अगाडि बढेको उनले बताए । तत्कालीन तमलोपाको प्रथम महाधिवेशन २०७३ मा भएको थियो । त्यसयता महाधिवेशन भएको छैन ।
तमलोपाबाट राजपा र राजपाबाट जसपा हुँदै लोसपा बनेको हो । विभिन्न पार्टीहरूसँग एकता र सहकार्य गरिरहेका कारण महाधिवेशन भएको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालको महाधिवेशन अनिश्चित
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश
मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय समिति
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाको सदस्यता वितरण अभियान सुरु
लोसपाको महासचिवमा यादव मनोनीत